प्रचण्ड भारतको कठपुतलीः बिजुक्छे


१ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधन गरी मधेस आन्दोलनका गलत माग सम्बोधन गर्न सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने चेतावनी दिएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले तोकिएको समयमा निर्वाचन गर्न सरकार गम्भीर नभएको पनि आरोप लगाए । ‘निर्वाचन गर्न सरकार गम्भीर नबनेकाले संविधानले निर्धारण गरेको समयभित्र निर्वाचन नहुने र निर्वाचन अन्योलमा पर्ने खतरा बढेको छ,’ उनले भने ।

नेपालका लागि चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारकै कारण नहुने पनि उनले ठोकुवा गरे । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नदिन भारतले समेत अदृश्य रुपमा हस्तक्षेप गरेको दाबी समेत गरे  ।

नेपालको इतिहासमै सरकारको कूटनीतिक पक्ष कमजोर रहेको भन्दै उनले भारतले नेपाललाई भुटान बनाउन खोजेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै बिजुक्छेले माओवादीको जनयुद्धमा भारतले गरेको सहयोगको प्रचण्डले ऋण तिर्न थालेको पनि आरोप लगाए ।  ‘मुलुकमो अहिलेको अवस्था ल्याउनकै लागि तत्कालीन जनयुद्धमा भारतले माओवादीलाई सहयोग गरेको पुुष्टि भयो,’ उनले भने ‘माओवादीका नेताहरुले भारतको कठपुतलीका रुपमा काम गरिरहेका छन्, भारतले आफ्नो आवश्यकता पूरा गरिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्