प्रचण्ड-माधव नेपाल निर्वाचन आयोगमा


काठमाडौं, २७ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पार्टी आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगेका छन्।

आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाएका छन् । निर्वाचन आयोगले पुस २३ मा विभाजित दुवै नेकपालाई पत्र लख्दै दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार ७ दिन भित्र विवरण पठाउन अनुरोध गरिएको थियो।  संसद् पुनस्र्थापनाबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको अवस्थामा आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएकोले दुई अध्यक्षले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्