प्रचण्ड र निधि देउवाका सामू निरीह, चन्द बने आईजीपी


१ फागुन  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवासँग झुकेका छन् । उनले बरियातामा एक नम्बर रहेका नवराज सिलवाललाई  प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन चाहे पनि देउवाका सामू उनी निरीह बनेका छन् ।

देउवाले पटक–पटक प्रचण्डलाई धम्की दिदैँ बरियातामा तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गर्न दवाव दिएका थिए । गृहमन्त्री विमलेन्द्र निधि पनि डीआईजी सिलवाललाई नै आईजीपी बनाउन चाहन्थे । तर, उनी पनि देउवाका सामू निरीह बने ।

प्रचण्ड र निधि दुबैको इच्चा विपरीत आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ ।  आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए । तर, देउवालाई खुशी पारेर उनले त्यो मौका पाएका हुन् । त्यसो त दुई दिन अघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डलाई बरियातामा ख्याल गर्न सुझाव दिएका थिए । ती सबै सुझालाई समेत प्रचण्डले देउवाको दवावका सामू स्वीकार गर्न सकेनन् ।

पहिलो नम्बरमा सिलवाल र दोस्रो नम्बरका प्रकाश अर्याललाई समेत पछि पार्दै चन्द आईजीपी बने । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको समय आइतबारबाट सकिने भएकाले चन्दलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।   ।

प्रतिक्रिया दिनुहोस्