प्रचण्ड र प्रधानमन्त्री ओलीको दूरी बढ्दै, मन्त्री नै उपस्थित भएनन् बैठकमा

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेत बीचको मनमुटावले सत्ता साझेदार प्रचण्ड नेतृत्वको नेकपा माओवादी केद्रका मन्त्रीहरु नै बैठकमा नबस्ने अवस्था सिर्जना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा माओवादीका आठ मध्ये सात मन्त्री अनुपस्थित भएका हुन् । मन्त्री परिषद् बैठकमै मन्त्रीहरु उपस्थित नभएपछि नेकपा माओवादी केन्द्रले पूर्णरुपमा ओलीलाई असहयोग गर्ने संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार विहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाएका थिए ।

बैठकमा माओवादीका ८ मन्त्री मध्ये सिंचाइमन्त्री उमेश यादव मात्र उपस्थित भए । यता एमाले मन्त्रीहरुले भने मन्त्रीहरुको व्यस्थताका कारण उपस्थित नभएको भनेको छ । सूचना तथा संचारमन्त्री शेरधन राईले माओवादी मन्त्रीहरु पार्टीको आन्तरिक बैठकमा व्यस्त भएका कारण मन्त्रीपरिषद्को बैठकमा अनुपस्थित भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्