प्रचण्ड सरकारका अनुचित क्रियाकलाप र सत्ताको दुरुपयोगप्रति एमालेले कडा निगरानी गर्ने 


३ भदौ । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटको निरन्तरता र कार्यान्वयनका लागि वर्तमान सरकारको ध्यानाकर्षण गराउँने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा जारी स्थास्यी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारका तर्फबाट हुने कुनै पनि अनुचित क्रियाकलाप तथा सत्ताको दुरुपयोगप्रति कडा निगरानी गर्ने पनि निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यिनै विषयवस्तुहरुलाई अघि सार्दै देशव्यापी पार्टी परिचालनको कार्ययोजना अघि सार्ने निर्णय समेत गरेको छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन ३० गतेदेखि जारी बैठकमा अध्यक्ष ओलीले पार्टीले नेतृत्व गरेको सरकारको समिक्षा, आगामी निर्वाचन, पार्टीका आगामी कार्यभार, पार्टीको आन्तरिक जीवन, साथै नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) सहितका राजनीतिक दलको संलग्नतामा निर्माण भएको विगतको सत्ता समिकरण र अहिलेको नयाँ सत्ता समिकरण लगायतका विषयमा आफ्ना कुरा राखेको थिए ।
अध्यक्ष ओलीले स्थायी कमिटीका सदस्यहरुले प्रस्तुत गरेका समिक्षात्मक धारणामाथि विश्लेषणात्मक मन्तव्यसहित बैठकमा उठेका विषयबस्तुहरुमाथि प्रकाश पारेका थिए । ‘अत्यन्तै प्रतिकुल परिस्थितिमा नेकपा (एमाले)को नेतृत्वमा गठन भएको सरकारले संविधानको कार्यान्वयन, लोकतान्त्रिक प्रक्रियाको कार्यान्वयन, आर्थिक विकासको माध्यमबाट मुलुकको चौतर्फी समृद्धि, राष्ट्रिय एकताको सुदृढिकरण, बैदेशिक सम्बन्ध, विशेष गरी छिमेकी राष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध, लगायतका विषयमा ऐतिहासिक काम गरेको उल्लेख गर्नुभयो,’ बैठकपछि प्रचार विभाग प्रमुख एवम् पार्टी सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा अध्यक्ष ओलीले सरकार निर्माणको पृष्ठभूमिदेखि नै नेकपा (एमाले)को नेतृत्वमा नयाँ सरकार बन्न नदिन देशभित्र र बाहिरबाट अनेक षड्यन्त्रहरु भएको भन्दै ती षड्यन्त्रहरुलाई चिर्दै एमाले नेतृत्वमा सरकार बनाउन सफल भएको दाबी गरेका थिए । ‘नौ महिनाको अवधिभित्र नेपाली जनतामा सकरात्मक आशावादिता सृजना गर्न हाम्रो सरकार सफल रह्यो । हामीले नेपाल राष्ट्र र नेपाली जनताको हीतमा दूगामी महत्वका फैसला गर्‍यौं,’ ओलीले बैठकमा भनेका थिए, ‘नीति, कार्यक्रम र बजेटमार्फत राष्ट्रको दीर्घकालीन गन्तव्यको तस्वीर जनसमक्ष प्रस्तुत गर्‍यौं । राष्ट्रिय स्वाभिमान, मुलुकको आत्मनिर्णय, स्वतन्त्रता र राष्ट्रिय अठोटलाई बलियो बनायौं । अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ शिराबाट माथि उठाउँदै नेपाल राष्ट्रलाई विश्वमा चौतर्फी सम्बन्ध कायम गर्न सक्ने हैसियतमा पुर्‍याउने काम गर्‍यौं ।’

उनले समग्रमा सरकारले नेपाल राष्ट्र, नेपाली जनता र नेकपा (एमाले)को इज्जत र प्रतिष्ठालाई युगौं युगसम्म सम्झनलायक हुने ढंगले माथि उठाएको पनि दाबी गरेका थिए ।  ‘वैशाख महिनामा सरकारको समीकरण बदल्ने र मुलुकलाई अनिश्चयतिर धकेल्ने कोशिस भएको थियो । उक्त समयमा पार्टीको एकताबद्ध प्रयत्नबाट हामीले त्यसलाई असफल बनायौं । र, नेकपा (माओवादी केन्द्र)सँग ‘नौ बुँदे समझदारी’ कायम गर्दै समीकरणलाई रणनीतिक महत्वका साथ अघि बढाउने सामुहिक संकल्प ग¥यौं । तर, देशभित्र र बाहिरका षड्यन्त्रहरु समाप्त भएका भने थिएनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुले फेरि षड्यन्त्र र दाउपेचलाई निरन्तरता दिए । माओवादी केन्द्र र उसको नेतृत्वको अस्थिर राजनीतिक चरित्र, पदलोलुपता, उग्र महत्वकांक्षा, अवसरवाद जस्ता पक्षले उक्त षड्यन्त्रलाई थप बल प्रदान गर्‍यो । हाम्रो पार्टीको तर्फबाट रणनीतिक समझदारीलाई विश्वासमा बदल्दै सरकारको नेतृत्व परिवर्तन गरेर भएपनि उक्त समीकरणलाई जोगाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यसको स्पष्ट मोडालिटी ल्याउन प्रस्ताव गरिएकोमा उहाँले त्यसतर्फ कुनै कदम नचाली सरकार परिवर्तनको षड्यन्त्रमूलक क्रियाकलापमा सामेल हुनुभयो । त्यसैको परिणाम उपयुक्त समीकरण बदलिन पुग्यो ।’

त्यसैगरी बैठकले नयाँ सत्ता समीकरणका नेतृत्वकर्ता दलहरुको गतिविधी र नियतले मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता उत्पन्न हुने खतरा पैदा भइरहेको प्रति सचेत हुँदै संविधानको कार्यान्वयन गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन पूर्व सरकारले प्रस्तुत गरेको मिति र समयमा तहगत निर्वाचनहरु सम्पन्न गर्न र यसका निम्ति आवश्यक कानुनी, प्रशासनिक तथा भौतिक तयारीमा जुट्न वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

बैठकले मुलुकको वर्तमान विषम परिस्थितिलाई ख्याल गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधानको कार्यान्वयन, लगायतका विषयमा एकताबद्ध पहलकदमीका निम्ति सबै राजनीतिक दल र सम्बद्ध सबैमो आह्वान पनि गरेको छ ।
त्यस्तै बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित र चाहना तथा आकांक्षालाई आत्मसात गर्दै स्थायी कमिटीको यो बैठक निम्नानुसार संकल्प गर्दछ र सम्पूर्ण पार्टी पंक्तिलाई यसैअनुरुप अघि बढ्न निर्देशित गरेको छ ।

बैठकले गरेका निर्देशनहरुः

  • पार्टीका संस्थागत निर्णयहरुलाई कार्यान्वयन गर्दै वैचारिक र राजनीतिक कामलाई प्राथमिकता दिने ।
  •  विधि, नीति र पद्धतिलाई अनुशरण गर्दै योग्यता, क्षमता र योगदानका आधारमा कामको जिम्मेवारी दिने ।
  •  पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरुको तदरुकताका साथ कार्यान्वयन गर्ने र यसको सार्वजनिक रुपमा प्रतिरक्षा गर्ने एवम् पार्टीको प्रतिष्ठा र लोकप्रियतामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधिहरु नगर्ने, बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र संगठनका बैठकहरुमा पार्टी विधान र नियमअनुरुप यथोचित रुपमा छलफल गर्ने ।
  •  कुनै पनि नेता, कार्यकर्ता र सदस्यलाई कुनै पनि प्रकारको पूर्वाग्रह वा पक्षधरताको आधारमा नभई योगदान, क्षमता, सक्रियता र इमान्दारिताको आधारमा जिम्मेवारी दिने प्रणाली स्थापित गर्ने ।
  •  कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचनहरु प्यानल सुचीका आधारमा नगर्ने, र उम्मेदवारको योग्यता, क्षमता, योगदान, लोकप्रियता र इमान्दारिताको आधारमा निर्वाचित हुनसक्ने वातावरण सृजना गर्ने ।
  •  एकताबद्ध भएर सबै प्रकारका चुनौतीहरुको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधिनता, अखण्डता, र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिंदै पार्टीलाई गतिशील र सक्रिय बनाउने ।
प्रतिक्रिया दिनुहोस्

प्रचण्ड सरकारका अनुचित क्रियाकलाप र सत्ताको दुरुपयोगप्रति एमालेले कडा निगरानी गर्ने


३ भदौ । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटको निरन्तरता र कार्यान्वयनका लागि वर्तमान सरकारको ध्यानाकर्षण गराउँने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा जारी स्थास्यी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारका तर्फबाट हुने कुनै पनि अनुचित क्रियाकलाप तथा सत्ताको दुरुपयोगप्रति कडा निगरानी गर्ने पनि निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यिनै विषयवस्तुहरुलाई अघि सार्दै देशव्यापी पार्टी परिचालनको कार्ययोजना अघि सार्ने निर्णय समेत गरेको छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन ३० गतेदेखि जारी बैठकमा अध्यक्ष ओलीले पार्टीले नेतृत्व गरेको सरकारको समिक्षा, आगामी निर्वाचन, पार्टीका आगामी कार्यभार, पार्टीको आन्तरिक जीवन, साथै नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) सहितका राजनीतिक दलको संलग्नतामा निर्माण भएको विगतको सत्ता समिकरण र अहिलेको नयाँ सत्ता समिकरण लगायतका विषयमा आफ्ना कुरा राखेको थिए ।
अध्यक्ष ओलीले स्थायी कमिटीका सदस्यहरुले प्रस्तुत गरेका समिक्षात्मक धारणामाथि विश्लेषणात्मक मन्तव्यसहित बैठकमा उठेका विषयबस्तुहरुमाथि प्रकाश पारेका थिए । ‘अत्यन्तै प्रतिकुल परिस्थितिमा नेकपा (एमाले)को नेतृत्वमा गठन भएको सरकारले संविधानको कार्यान्वयन, लोकतान्त्रिक प्रक्रियाको कार्यान्वयन, आर्थिक विकासको माध्यमबाट मुलुकको चौतर्फी समृद्धि, राष्ट्रिय एकताको सुदृढिकरण, बैदेशिक सम्बन्ध, विशेष गरी छिमेकी राष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध, लगायतका विषयमा ऐतिहासिक काम गरेको उल्लेख गर्नुभयो,’ बैठकपछि प्रचार विभाग प्रमुख एवम् पार्टी सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा अध्यक्ष ओलीले सरकार निर्माणको पृष्ठभूमिदेखि नै नेकपा (एमाले)को नेतृत्वमा नयाँ सरकार बन्न नदिन देशभित्र र बाहिरबाट अनेक षड्यन्त्रहरु भएको भन्दै ती षड्यन्त्रहरुलाई चिर्दै एमाले नेतृत्वमा सरकार बनाउन सफल भएको दाबी गरेका थिए । ‘नौ महिनाको अवधिभित्र नेपाली जनतामा सकरात्मक आशावादिता सृजना गर्न हाम्रो सरकार सफल रह्यो । हामीले नेपाल राष्ट्र र नेपाली जनताको हीतमा दूगामी महत्वका फैसला ग¥यौं,’ ओलीले बैठकमा भनेका थिए, ‘नीति, कार्यक्रम र बजेटमार्फत राष्ट्रको दीर्घकालीन गन्तव्यको तस्वीर जनसमक्ष प्रस्तुत ग¥यौं । राष्ट्रिय स्वाभिमान, मुलुकको आत्मनिर्णय, स्वतन्त्रता र राष्ट्रिय अठोटलाई बलियो बनायौं । अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ शिराबाट माथि उठाउँदै नेपाल राष्ट्रलाई विश्वमा चौतर्फी सम्बन्ध कायम गर्न सक्ने हैसियतमा पु¥याउने काम ग¥यौं ।’

उनले समग्रमा सरकारले नेपाल राष्ट्र, नेपाली जनता र नेकपा (एमाले)को इज्जत र प्रतिष्ठालाई युगौं युगसम्म सम्झनलायक हुने ढंगले माथि उठाएको पनि दाबी गरेका थिए ।  ‘वैशाख महिनामा सरकारको समीकरण बदल्ने र मुलुकलाई अनिश्चयतिर धकेल्ने कोशिस भएको थियो । उक्त समयमा पार्टीको एकताबद्ध प्रयत्नबाट हामीले त्यसलाई असफल बनायौं । र, नेकपा (माओवादी केन्द्र)सँग ‘नौ बुँदे समझदारी’ कायम गर्दै समीकरणलाई रणनीतिक महत्वका साथ अघि बढाउने सामुहिक संकल्प ग¥यौं । तर, देशभित्र र बाहिरका षड्यन्त्रहरु समाप्त भएका भने थिएनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुले फेरि षड्यन्त्र र दाउपेचलाई निरन्तरता दिए । माओवादी केन्द्र र उसको नेतृत्वको अस्थिर राजनीतिक चरित्र, पदलोलुपता, उग्र महत्वकांक्षा, अवसरवाद जस्ता पक्षले उक्त षड्यन्त्रलाई थप बल प्रदान ग¥यो । हाम्रो पार्टीको तर्फबाट रणनीतिक समझदारीलाई विश्वासमा बदल्दै सरकारको नेतृत्व परिवर्तन गरेर भएपनि उक्त समीकरणलाई जोगाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यसको स्पष्ट मोडालिटी ल्याउन प्रस्ताव गरिएकोमा उहाँले त्यसतर्फ कुनै कदम नचाली सरकार परिवर्तनको षड्यन्त्रमूलक क्रियाकलापमा सामेल हुनुभयो । त्यसैको परिणाम उपयुक्त समीकरण बदलिन पुग्यो ।’

त्यसैगरी बैठकले नयाँ सत्ता समीकरणका नेतृत्वकर्ता दलहरुको गतिविधी र नियतले मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता उत्पन्न हुने खतरा पैदा भइरहेको प्रति सचेत हुँदै संविधानको कार्यान्वयन गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन पूर्व सरकारले प्रस्तुत गरेको मिति र समयमा तहगत निर्वाचनहरु सम्पन्न गर्न र यसका निम्ति आवश्यक कानुनी, प्रशासनिक तथा भौतिक तयारीमा जुट्न वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

बैठकले मुलुकको वर्तमान विषम परिस्थितिलाई ख्याल गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधानको कार्यान्वयन, लगायतका विषयमा एकताबद्ध पहलकदमीका निम्ति सबै राजनीतिक दल र सम्बद्ध सबैमो आह्वान पनि गरेको छ ।
त्यस्तै बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित र चाहना तथा आकांक्षालाई आत्मसात गर्दै स्थायी कमिटीको यो बैठक निम्नानुसार संकल्प गर्दछ र सम्पूर्ण पार्टी पंक्तिलाई यसैअनुरुप अघि बढ्न निर्देशित गरेको छ ।
बैठकले गरेका निर्देशनहरुः

  • पार्टीका संस्थागत निर्णयहरुलाई कार्यान्वयन गर्दै वैचारिक र राजनीतिक कामलाई प्राथमिकता दिने ।
  •  विधि, नीति र पद्धतिलाई अनुशरण गर्दै योग्यता, क्षमता र योगदानका आधारमा कामको जिम्मेवारी दिने ।
  •  पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरुको तदरुकताका साथ कार्यान्वयन गर्ने र यसको सार्वजनिक रुपमा प्रतिरक्षा गर्ने एवम् पार्टीको प्रतिष्ठा र लोकप्रियतामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधिहरु नगर्ने, बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र संगठनका बैठकहरुमा पार्टी विधान र नियमअनुरुप यथोचित रुपमा छलफल गर्ने ।
  •  कुनै पनि नेता, कार्यकर्ता र सदस्यलाई कुनै पनि प्रकारको पूर्वाग्रह वा पक्षधरताको आधारमा नभई योगदान, क्षमता, सक्रियता र इमान्दारिताको आधारमा जिम्मेवारी दिने प्रणाली स्थापित गर्ने ।
  •  कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचनहरु प्यानल सुचीका आधारमा नगर्ने, र उम्मेदवारको योग्यता, क्षमता, योगदान, लोकप्रियता र इमान्दारिताको आधारमा निर्वाचित हुनसक्ने वातावरण सृजना गर्ने ।
  •  एकताबद्ध भएर सबै प्रकारका चुनौतीहरुको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधिनता, अखण्डता, र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिंदै पार्टीलाई गतिशील र सक्रिय बनाउने ।
    बैठक भोली अपरान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी रहनेछ ।
प्रतिक्रिया दिनुहोस्