प्रचण्ड स्वयंका नजरमाः प्रधानमन्त्री निर्वाचितपछिका सय दिन


२६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको सय दिन पूरा भएको छ । प्रधानमन्त्री निर्वाचित भएपछिका प्रचण्डका सय दिन कसरी विते ? त्यो फरक पाटो भयो तर प्रचण्ड स्वमंले भने आफ्नो सय दिनको मूल्याङ्कन यसरी गरेका छन् ।
संविधान कार्यान्वयन
१. उच्च अदालत स्थापना गरिएको  संविधानको कार्यान्वयन प्रक्रिया अगाडी बढाइएको
२. संघीयतामा प्रशासन पुनः संरचनाका लागि भए गरेका कामकारवाही लाईसंविधानको भावना अनुरुप अगाडी बढाइ  प्रतिवेदन तयार गरिएको  ।
३. स्थानीय तह पुनःसंरचना आयोगको कामकारवाहीलाई काम छिटो सम्पन्न गर्ने कार्यको सहजीकरण गरिएको ।
४. मधेशी जनजाति लगायत संविधानप्रति असन्तुष्ट पक्षसंग सार्थक सम्वाद र संविधान कार्यान्वयनका लागि वातावरण तयार गर्न सम्वद्ध सबै पक्षबीच दूरी घटाइ सहकार्यको आधार तयार गरिएको ,
भूकम्पपश्चात्को पुनःनिर्माण
१. भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडितहरु मध्ये करिब ९१ प्रतिशत(४ लाख २८ हजार को खातामा रकम निकासा, ४ लाख ६२ हजार संग अनुदान सम्झौता बांकी ५० हजारको छानविन भैरहेको, कतिपय लिन नआएका, सुकुम्वासी लगायतलाई वितरण गर्ने कार्य बांकी रहेको )पीडितहरुलाई पुननिर्माणको लागि पहिलो किस्ता वापतको रकम उपलब्ध गराइएको ।
२. मुलुकको विकास निर्माण र भूकम्प पश्चात्को पुनःनिर्माणको सन्दर्भमा हाल रहेका क्रसर उद्योगका लागि नयाँ मापदण्ड बनाउने तयारी । नयाँ मापदण्ड नबनुञ्जेल तत्कालका लागि ढुंगा, गिटी, बालुवालाई सहज बनाइएको ।
३. प्यूठान जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण चाडवाड मनाउन प्रतिपरिवार रु. १५०००। का दरले रकम उपलब्ध गराइएको ।
४. प्राकृतिक प्रकोपका मृतकलाई दिने राहत रकम ४० हजारबाट बढाएर १ लाख पु¥याइएको

संक्रमणकाल व्यवस्थापन
.१ वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को पहिलो संशोधन मस्यौदा तयार गरिएको ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन चालिएका कदम

१.यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चापलाई ध्यानदिइ कलंकी, चावहील र सल्लाघारी गरी उपत्यकाका थप तीन स्थानमा यातायात व्यवस्था कार्यालय स्थापना,
२. यातायात व्यवस्थालाई प्रभावकारी बनाउन साझा यातायातमा तीस वटा साझा बस थपिएको,

पूजीगत खर्च वृद्धि गरी आर्थिक सम्वृद्धि हासिल गर्ने

१. राष्ट्रिय विकास समस्या समितिको बैठकमा प्रधानमन्त्री स्वयंले नै राष्ट्रिय गौरवका आयोजनाहरुको स्वयं अनुगमन गर्दै पूजीगत खर्च वृद्धि गर्ने कार्यलाई भ्हउबमष्तभ गर्ने घोषणा,
२. मेलाम्ची खानेपानी, सिक्टा सिंचाइ, रानाीजमरा सिंचाइ, ४५६ मेगावाटको माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण कोशी लोकमार्ग आयोजना लगायत राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री स्वयंबाट अनुगमन गरी कामलाई तोकिएको समयभन्दा पहिला र उच्च गुणस्तरमा सम्पन्न गर्नेतर्पm अगाडी बढाइएको  ।
३. औद्यौगिक उत्पादनले गति लिन लिएको,
४.कृषि बालीहरुको उत्पादन उत्साहजनक रुपमा अगाडी बढाइएको
५. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सात वटै प्रदेशमा सुपरजोन कार्यालय गर्ने कार्य अन्तिम चरणमा पुगेको ।
६. नेपालको आफ्नै स्याटलाइट स्थापना गर्ने कार्य अगाडी बढाइएको ।

जनजीविकाका सवाल सम्बोधन

१. यातायात लगायत सबै क्षेत्रमा रहेको सिन्डिकेट अन्त गर्ने घोषणा अनुरुप सिण्डिकेट र कार्टेलिङ विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन,
२. काभ्रे, धादिङ लगायतका जिल्लामा भएका सडक दुर्घटनामा परेकाहरुको हेलिकप्टर र एम्बुलेन्स परिचालन गरी तत्काल उद्धार गरी उपचारको प्रबन्ध गरिएको  ।
३. नक्कली डाक्टरलाई काम गर्न नदिन र मेडिकल काउन्सिलबाट निलम्वन गर्ने कार्य अगाडी बढाइएको ।
४. बजार अनुगमनलाई आम उपभोक्ताले अनूभूत गर्ने गरी प्रभावकारी रुपमा अगाडी बढाइएको, उपभोक्ता ठग्ने, कालोबजारी गर्नेलाई कारवाही गर्ने कार्यलाई तीब्रता दिइएको । संयुक्त बजार अनुगमनका लागि दू्रतकार्यटोली गठन गरी बजारमा उपभोग्य बस्तुको आपूर्ति सहज र नियमित बनाइएको, कृत्रिम मूल्यवृद्धि नियन्त्रण गरिएको
५. खाडी मलुकका कारागारमा रहेका  र कामबिहीन अवस्थामा रहेका भएका नेपालीहरुको तथ्याङ्क संकलन गरिएको ,
६. त्रिभूवन विमास्थलको सुरक्षा व्यवस्था, सेवाको गुणस्तर र भन्सार प्रक्रियामा सुधार गरी छिटो, छरितो र प्रभावकारी बनाइएको ।
७. साउदी र श्रीलंकामा  अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने व्यवस्था गरिएको,
८. काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइ सडक सुरक्षा अभिवृद्धि गर्दै सर्वसाधारणको आवातजावतलाई  सहज तुल्याइएको ।
९.जनता पेन्शन कार्यक्रमको वृहद् छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलोटिङ गर्ने कार्यको तयारी भैरहेको यसका लागि सातवटा प्रदेशका न्यून मानव विकास सूचकांक भएका १/१ वटा जिल्लाका १/१ वटा गा.वि.स.मा यो  कार्यक्रम शुभारम्भ गर्ने कार्य अन्तिम चरणमा पुगेको ।
१०. गरीबका लागि सरकार कार्यक्रम सञ्चालन गर्नका लागि कार्ययोजना तर्जुमा गरी स्वीकृत गरिएको । गरिब घर परिवारका लागि मंसीर १ गतेदेखि परिचयपत्र वितरण शुरु गरी पौष मसान्त सम्म सम्पन्न गर्ने गरी तयारी भैरहेको ।

शासन व्यवस्था प्रभावकारी बनाउने
१. निजामती सेवा ऐन नियमावली बमोजिम नेतृत्व मूल्यांकन समितिलाई क्रियाशील बनाई उच्च तहको नेतृत्वमा गतिशील, व्यवसायिक र क्षमतायूक्त नेतृत्व सुनिश्चित गर्न नेतृत्व मूल्यांकन समिति गठन

प्रतिक्रिया दिनुहोस्