प्रचण्ड ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित


१९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसद्मा हाल  कायम रहेका  सांसद् मध्ये प्रचण्डका पक्षमा ३६३ मत परेको हो । विपक्षमा २१० मत परेको छ । संसदमा हाल कायम रहेका दुई निलम्बितसहित ५९५ मध्ये ५७३ मत खसेको थियो । २० जना सांसद भने मतदान प्रक्रियामा अनुपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस्