प्रचार होइन परिवर्तनमुखी कामले मात्र देश बन्छः अध्यक्ष ओली

१९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन् । चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय बालअधिकार सम्मान प्रारम्भिक बाल विकासका अभियानकर्ता अगाथा थापालाई प्रदान गरे । थापाले सेतो गुराँस बाल विकास संस्थाका माध्यममा यस क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै दिइएको सम्मानका साथ रु २५ हजार राशि रहेको छ ।