प्रणव मुखर्जीले पशुपतिनाथको विशेष पूजाअर्चनासहित सवालाख बत्ती बाले


१८ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथको मन्दीर पुगेर  विशेष पूजाअर्चना गरेका छन् ।   राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा रहेका बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गरेका थिए । उनले त्यहाँ सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन पनि गरे । पुजाअर्चनाका क्रममा उनले सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गरे ।

राष्ट्रपति मुखर्जीलाई पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनलगायतले स्वागत गरेका थिए । त्यसैगरी राष्ट्रपति मुखर्जी मन्दिरको मूलद्वारबाट प्रवेश गरेपछि गार्गी कन्या गुरुकुलका छात्रा र वेदविद्याश्रमका बटुकले स्वस्ति बाचन गरेका थिए भने हाकुपटासीको पहिरनमा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्