संसदीय प्रक्रिया नमिल्दा संघीय संसदको बैठक बस्न सकेन


काठमाडौ, २८ जेठ । प्रक्रिया नमिल्दा संघीय संसदअन्तगर्त प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित भएको छ । संसदीय प्रक्रिया नमिल्दा बैठक सूचना टाँसेर स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । नियमावली अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक दुवै सदनलाई जानकारी गराउनुपर्ने भएपनि राष्ट्रिय सभाले मात्र सदनलाई जानकारी गराएपनि प्रतिनिधिसभाले जानकारी नगराएका कारण बैठक बस्न नसकेको सचिवालयले जनाएको छ । आज संघीय संसदको दुईवटै सदनको बैठक बसेर संयुक्त बैठक सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची थियो । तर महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्