प्रदीपकुमार ज्ञवालीको ‘बिना सालिकका नायकहरु’ लोकार्पण


१० साउन । प्रदीपकुमार ज्ञवालीको तेस्रो कविता कृति ‘बिना सालिकका नायकहरु’ लोकार्पण भएको छ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सो कृतिको सोमबार प्रज्ञाभवनमा लोकार्पण गरेका हुन् । यसअघि कवितासङ्ग्रह ‘चिता जलिरहेछ’ (२०५३) र ‘आस्था ओ मेरी प्रिया’ (२०५९) र सहयात्री उपन्यास प्रकाशन गरेका ज्ञवालीको यो तेस्रो कविता कृति हो । साहित्यमा ‘शीतबिन्दु’ नामले परिचित उनले अन्य विधामा एक दर्जन बढी पुस्तक लेखिसकेका छन् । ‘बिना सालिकका नायकहरु’ लाई भने केही कविताको मञ्चनसहित अध्यक्ष ओलीले लोकार्पण गरे ।

लोकार्पणपछि ओलीले ‘बिना सालिकका नायकहरु’ को विम्बको प्रशंसा गर्दै आफूले एक पटक तत्कालीन राजासँगको भेटवार्तामा इतिहासमा नाम नलेखिएका सङ्घर्षशील नागरिकको प्रसङ्ग उठाएको स्मरण सुनाएका थिए ।

ज्ञवालीले आफूलाई कुनै पात्र र समस्याले घोचेपछि मात्रै कविता लेख्ने गरेको भन्दै मुलुक बनाउन सङ्घर्ष गर्ने तिनै पात्रलाई नायक बनाएर कविता लेखिएको बताए । सिमल बुक्सले प्रकाशन गरेको १४५ पुष्ठको सो सङ्ग्रहमा ४७ कविता छन् ।

प्रतिक्रिया दिनुहोस्