प्रदेशको विकासमा समय खर्चिनुपर्ने बेलामा हल्लाको पछि नलाग्न मन्त्री स्थापितको आग्रह


हेटौँडा, १६ कात्तिक । प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानुको विकल्प नभएको बताएका छन् ।
शुक्रवार पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट पारे ।

मन्त्रीको जिम्मेवारी पूरा नगरेको र पटकपटक आफ्नो अपमान गरेको भन्दै मुख्यमन्त्री पौडेल असन्तुष्ट भएको भन्ने समचार आईरहेको वेला उनले आफूले लक्ष्य भन्दा बढी काम गरिसकेको ले मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग गरेको बताए । सञ्चारमाध्यममा आएका धेरै बिषय भनिएजस्तो नभएको बताउँदै उनले भने, प्रदेशको विकासमा समय खर्चिनुपर्ने समयमा हल्ला र बेकुफी कार्यमा कसैलाई नलाग्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्