प्रदेश नम्बर १, ५ र ७ मा उम्मेदवारी मनोनय सुरु, राजपाको अवरोध सामान्य


४ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)ले चुनाव नै विथोल्ने गरी आन्दोलनको घोषणा गरे पनि दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आजबाट औपचारिक रुपमा निर्वाचन प्रक्रिया सुरु भएको हो । आयोगले तीन प्रदेशका सबै तहमा उम्मेदवारी दर्ता सुरु भएको जानकारी दिएको छ ।

प्रदेश नम्बर दुईमा भने सरकारले असोज २ गतेका लागि निर्वाचन सारेको छ । बाँकीमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता हुने छ ।

सरकारले पटक–पटक सारेर १, ५ र ७ नम्बर प्रदेशमा यही असार १४ गते चुनाव गर्ने निर्णय गरेको छ । दोस्रो चरणको निर्वाचनमा १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ । आयोगले दिएको जानकारी अनुसार प्रदेश नम्बर १, ५ र ७ मा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्