मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण


जनकपुर,१९ साउन । प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयका ६ जनाकर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एकजना अधिकृत, एकजना ट्राफिक प्रहरी, २ सवारी चालक र २ जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जना कर्मचारीमा कोरोना भाईरस संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । दुई दिनअघि गरिएको स्वाब संकलनको नतिजा आइतबार राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले पुष्टि गरे । यता, संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्राय्क्ट ट्रेसिङको आधार पता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्