प्रदेश नम्बर ५ मा २८ अर्ब ९ करोड ३ लाख बजेट बिनियोजन


बुटवल, १ जेठ । प्रदेश नम्बर ५ सरकारले २८ अर्ब ९ करोड ३ लाख बराबरको बजेट बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७५।७६ का लागि विभिन्न शिर्षकमा सो रकम विनियोजन गरेको हो ।

मुख्यमन्त्री शंकर पोख्रेलले शुक्रबार प्रदेशसभामा बजेट सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री पोख्रेलले पेस गरेको बजेटमा चालू खर्चतर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगततर्फ १६ अर्ब ६२ करोड, ४३ लाख ९८ हजार छुट्याइएको छ ।

प्रदेश सरकारले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका शीर्षकमा छुट्टा छुट्टै शीर्षकमा बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले बजेटको श्रोतलाई आन्तारिक राजश्व र संघीय सरकारबाट प्राप्त अनुदानलाई आधार मानेको छ । संघीय सरकारबाट वित्तीय अनुदानमार्फत ६ अर्ब ८६ करोड ९७ लाख र आन्तारिक राजश्वबाट ८ अर्ब ५५ करोड ३ लाख रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्