प्रदेश स्तरीय छलफल चलाउन निर्देशन


काठमाडौं । सरकारलाई सवै प्रदेशमा प्रिबजेट छलफल चलाउन संसदीय समितिले निर्देशन दिएको छ । सोमबार बसेको अर्थ समितिको बैठकले प्रिबजेट छलफल प्रदेश स्तरीय गर्न निर्देशन दिएको हो ।

बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन सबै प्रदेशमा प्रिबजेट कार्यक्रम संचालन गर्ने निर्णय गरिएको समितिका सदस्य घनश्याम भूसालले बताए ।

वैशाख ५ गतेदेखि सञ्चालन हुने प्रिबजेट छलफल कार्यक्रमका लागि ९÷९ जना समितिका सदस्य तथा ३÷३ जना कर्मचारी परिचालन गर्न सुझाव पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्