प्रदेश २ का मुख्यमन्त्रीले जामे मस्जिदमा गरे ईफतार


बीरगंज, २० जेठ । बीरगंजको जामे मस्जिदमा मुस्लिम धर्मावलम्बिहरुले एक महिने रोजा को अवसरमा सामुहिक ईफतार गरेका छन् । मुस्लिम धर्मावलम्बिहरुका अनुसार रमजान महिनामा ३० दिने व्रत गर्ने र ३० औँ दिनको व्रत पश्चात ईद–उल–फित्र मनाउने गर्छन् । पर्सा मा रहेका १३२ वटा मस्जिदहरु मा दैनिक बेलुकी सुर्यास्तपछि व्रत बसेकाहरुले व्रत खोल्ने गरेका छन् । यसैबीच जामे मस्जिदमा प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउत गद्दि, नेकपाका बसरुद्दिन अन्सारी, शेख ईमरान, लगायतका नेताहरुले ईफतार सम्पन्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्