प्रदेश २ मा जनताको हितमा काम हुँदैन भने तत्काल कम्युनिष्ट सरकार बन्न सक्छः अध्यक्ष दाहाल


काठमाडौ, १७ वैशाख । नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रदेश २ मा मधेशी जनताको हित अनुकुल सरकार नचलेको भन्दै चिन्ता व्यक्त गरेका छन । अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वमा सरकार बनेमात्र जनताको सरकार बन्ने भन्दै प्रदेश २ मा बिभिन्न चलखेल गर्ने हो भने तत्काल कम्युनिष्ट सरकार बन्न सक्ने बताएका हुन । उनले भने ‘अहिले प्रदेश २ मा भ्रष्टाचार मौलाएको छ । बिचैमा सरकारको नेतृत्व लिने अवस्था आउन सक्छ ।’  मंगलबार मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन ।

prachanda madhesh

 

प्रतिक्रिया दिनुहोस्