प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री स्थापित पदबाट बर्खास्त


हेटौंडा,१६ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आफुलाई नटेरेको भन्दै मन्त्री स्थापितलाई पदबाट बर्खास्त गरेका हुन्

बुधबार भएको मन्त्रिपरिषदको बैठकमा उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई गालीगलौज गरेका थिए । त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए ।

स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्