प्रदेश ३ को राजधानीको सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन


काठमाडौ, १४ वैशाख । प्रदेश ३ को राजधानीका कहाँ राख्ने भन्ने विवाद वढेपछि उपयुक्त स्थानका लागि सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन भएको छ । प्रदेश संसदको १९ औं बैठकबाट संसदीय विशेष समितिले राजधानीका लागि सम्भाबित ठाउँको अध्ययन गर्न प्रदेश सभामा सहभागी दलका १३ जना प्रदेशसभा सदस्य रहेको समिति गठन गरिएको हो । समितिमा एमालेबाट सरस्वती बस्नेत, दीपक निरौला, , विजय सुवेदी, वसन्त मानन्धर, प्रदीपकुमार कटुवाल क्षत्री पाँच जना रहेका छन् भने , कांग्रेसबाट छिरिङ दोर्जे लामा र प्रभात तामाङ, माओवादीबाट विशाल खड्का र जगत शिंखडा, विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्दराज गोसाई, राप्रपाबाट रिता माझी, राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ सदस्य रहेका छन् । प्रदेश ३ को राजधानीका लागि हालसम्म काभ्रे, मकवानपुर, नुवाकोट र भक्तपुरका सांसदहरूले माग दावी गर्दै संसदमा निवेदन दर्ता गराएका छन् । समितिलार्इ अध्ययनका लागि एक महिना समय दिइएको प्रदेश ३ संसदीय विशेष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्