प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ दुई तिहाई बहुमतले पास


काठमाडौं, २० असोज । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी, स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको  पक्षमा ६९  मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।

 

प्रतिक्रिया दिनुहोस्