प्रधानन्यायाधीशमा जोशी नहुने सम्भावना बलियो


काठमाडौ, १४ साउन । संसदीय सुनुवाईमा प्रधानन्यायाधीशका लागि सिफारिस दीपकाराज जोशी नहुने सम्भावना बलियो बनेको छ । उनीमाथि लागेका आरोपका सम्बन्धनमा चित्त बुझ्दो जवाफ नपाएपछि समितिले प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेको हो ।

गत बिहीबार उनलाई संसदीय सुनुवाई समितिले उनका सम्बन्धमा परेका उजुरीका बारेमा सोधपुछ गरेको थियो । करिब ४ घण्टा सांसदहरुले प्रश्न सोध्दा अधिकांश प्रश्नबाट पन्छिदै जम्मा १२ मिनेट मात्रै जवाफ दिएका थिए ।

सुनवाईसंगै जोशीको शैक्षिक योग्याताको प्रमाण पत्र शंकाको घेरमा परेपछि समितिले निर्णय दिन ढिलाई गरेको थियो । शैक्षिक योग्यता शकास्पद भएको, उनले गरेका बिभिन्न फैसालहरु विवादास्पद देखिएको, र संसदीय समितिलाई सम्मान नगरेको भन्दै सत्तापक्षका समिति सदस्यहरुले जोशीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकृत गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्