प्रधानमन्त्रीका स्वकीय सचिवलाई पितृशोक


जेठ २७ । नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पितृशोक परेको छ । वि.सं. २००४ सालमा तेह्रथुम जिल्लाको इसुक गाविसमा जन्मिएका जीवनप्रसाद भण्डारीको बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो । नेकपा (एमाले) मेची अन्चल सम्पर्क कमिटीका अध्यक्षसमेत रहेका ईन्द्र भण्डारी जीवनप्रसादका एक्ला छोरा हुन् । जीवनका तीन छोरी अम्बिका, रुक्मेणी र गिता छन् ।

बिहीवार नै दाहासस्कारका लागि जीवनलाई पसुपति आर्यघाटमा लगिएको थियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र सचिव प्रदीप ज्ञवालीले एमालेको झण्डा ओडाएर सम्मान गरेका थिए ।

आर्यघाटमा प्रधानमन्त्री ओली पत्नी राजिधका शाक्य पनि पुगेकी थिइन । उनको शरीरमा छोरा इन्द्र भण्डारीले दागबत्ती दिएका थिए । जीवनकी पत्नी हुमादेवी पनि दागबत्ती दिदाँ साथमै थिइन् । अहिले स–परिवार झापा बस्दै आएका जीवनको काजक्रिया गृह जिल्लामै गर्ने तयारी भएको छ । जीवन कजेजोको संक्रमणबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्