‘प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया प्रारम्भ गर्ने थलो राष्ट्रपति कार्यालय मात्रै हो’


साउन ९ । भाबी प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया राष्ट्रपतिलाई जानकारी नगराई संसद्बाटै सुरु गर्ने अभिव्यक्ति प्रतिपक्षी नेपाली कांग्रेस, माओवादीलगायतका दलले दिइरहेका बेला कानुनविद्ले भने त्यसको आलोचना गरेका छन् ।

त्यस्ता अभिव्यक्ति गणतन्त्र विपरित भएको पनि कानुनविद्हरुको दाबी छ । वरिष्ठ कानुनविद् टिकाराम भट्टराईले त्यस्ता अभिव्यक्तिको आलोचना गरेका छन् । यस विषयमा पहिलो न्युज डटकमसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले यसो भनेका छन् ।

गणतन्त्र भएको मुलुकमा, कार्यकारी राष्ट्राध्यक्ष नभएको मुलुकमा प्रधानमन्त्रीको चयन गर्ने कुराको प्रारम्भ राष्ट्राध्यक्षबाटै सुरु हुन्छ । नेपाल जस्तो गणतन्त्रात्मक मुलुकुमा वा राष्ट्राध्यक्ष वा सरकार प्रमुख अलग–अलग हुने संवैधानिक व्यवस्था भएको मुलुकहरुमा यो प्रक्रियालाई नै मान्ने गरिएको छ ।

राजीनामा वा कुनै कारणले प्रधानमन्त्री पदमुक्त भएपछि सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने संवैधानिक अधिकार, संवैधानिक अभ्यास, संवैधानिक प्रचलन राष्ट्रपतिबाटै सुरु हुन्छ ।

राजीनामा वा कुनै कारणले प्रधानमन्त्री पदमुक्त भएपछि सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने संवैधानिक अधिकार, संवैधानिक अभ्यास, संवैधानिक प्रचलन राष्ट्रपतिबाटै सुरु हुन्छ । यस भन्दा अघि पनि केपी शर्मा ओली प्रधानमन्त्री बन्दा तत्कालीन नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएर राष्ट्रपतिबाटै सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

अहिले संविधान र नियमावलीमा त्यो कुराको उल्लेख नभए पनि संसारका संवैधानिक अभ्यास र प्रचलन अनि हाम्रै मुलुकको पनि यस अघिको प्रचलनलाई हेर्ने हो भने पनि प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया प्रारम्भ गर्ने थलो राष्ट्रपति कार्यालय नै हो, राष्ट्रपति नै हो ।

त्यसैले राष्ट्रपतिमा नगई सभामुखले नै प्रक्रिया प्रारम्भ गर्ने भन्ने जुन खालका अभिव्यक्ति हिजो संसदमा आयो । त्यो पूर्वाग्रहपूर्वक ल्याएको हो । यो नेपालको संविधानको भावना अनुरुप छैन । यसले गणतन्त्रकै अवमुल्यन गर्छ । राष्ट्रपतिको भूमिकालाई अवमुल्यन गर्नु भनेको लोकतान्त्रिक व्यवस्थाकै अवमूल्यान गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्