प्रधानमन्त्रीको सम्पत्तीबारे थाहा पाउनुहोस


काठमाडौ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग १७ तोला गहना, ४२ लाख बचत भएको पाइएको छ । मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएपछि यो तथ्य बाहिरा आएको हो। सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्यको नाममा रहेको छ ।
त्यस्तै झापाको पृथ्वीनगरमा पनि शाक्यको नाममा १० कठ्ठा जग्गा रहेको छ । शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र पनि रहेको छ । सम्पतीको स्रोत तलब र स्वआर्जन भनेका छन ।
यस्तै संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको बताएका छन ।
पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।

यस्तै सर्वाधिक धनी भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन, २७ तोला पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको सम्पति रहेको जनाइएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्