प्रधानमन्त्रीको सुरक्षामा खटिएका ७० सुरक्षाकर्मीमा कोरोना संक्रमण


काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका सल्लाहकारसहित ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

बालुवाटारको सुरक्षामा खटिएका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी ७० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्