प्रधानमन्त्रीबाट बहिर्गमन भएपछि पहिलो सार्वजनिक कार्यक्रममा उपस्थित हुँदै ओली


२५ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रेस चौतारी नेपालले बुधवार आयोजना गर्ने नियमित अन्तरसंवाद कार्यक्रममा उपस्थित हुने भएका छन् ।

पूर्व प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बहिर्गमन भएपछि पहिलो सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेका हुन् । एमाले मुख्यालय धुम्वाराहीमा दिउँसो साढे ११ बजे आयोजना गरेको कार्यक्रममा ओली उपस्थित हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

‘उहाँ प्रधानमन्त्री पदबाट वहिर्गमन भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुन लाग्नुभएको हो,’ बस्नेतले भने, ‘पछिल्लो राजनीतिक अवस्था, एमालेको आगामी भूमिका, भारतीय हस्तक्षेपलगायतका बारेमा उहाँले आफ्ना धारणा राख्नु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्