प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस,अपरेसनको तयारी


काठमाडौं, १० मंसिर :  प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हो ।

एपेन्डिसाइटिस भएपछि अस्पतालले प्रधानमन्त्री ओलीको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले अपरेसनका लागि तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्