प्रधानमन्त्रीले ओढाए पाण्डेको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा


३० कात्तिक । प्रधानमन्त्री तथा नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता तथा सांसद् भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उपचारको क्रममा सोमबार बिहान निधन भएका पाण्डेको पार्थिव शरीरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए । पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा पुगी प्रचण्डले पाण्डेलाई श्रद्धाञ्जली व्यक्त गरे ।

सभामुख ओनसरी घर्ती, मन्त्रीहरु जनार्दन शर्मा ‘प्रभाकर’, हितराज पाण्डे, अजयशंकर नायक, दलजीत श्रीपाइली, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, पूर्वसभामुख सुवास नेम्वाङ, नेताहरु टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल, अमिक शेरचन, पम्फा भुसाल, अग्नि सापकोटा, शक्ति बस्नेत, मातृका यादव, महेन्द्र राय यादव, चक्रपाणि खनाल, हिसिला यमीलगायत श्रद्धाञ्जली दिन पेरिस डाँडा पुगेका थिए ।
२०११ साल पुसमा जन्मिएका पाण्डे लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए ।

प्रतिक्रिया दिनुहोस्