प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक


काठमाडौं, ९ चैत । मिर्गौला पुनः प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपल्ट आज (आइतबार) मन्त्रिपरिषदको बैठक डाकेका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।

सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । हाल सोही समितिले सबै कार्ययोजना बनाएर कोरोना संक्रमण भित्रिन नदिन विभिन्न काम गरिरहेको छ । यसबीचमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्