प्रधानमन्त्रीले राजीनामा नदिए बजेट पारित हुन नदिने


२९ असार । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन माग गरेको छ ।

केन्द्रको बुधबार बसेको पदाधिकारी बैठकले प्रम ओलीले पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराउने र व्यवस्थापिका–संसद्बाट बजेट पारित गराउन असहयोग गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

केन्द्रका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको ठहर गरेको उनको भनाई छ ।
माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारले आफूसित भएको नौबुँदे सहमति पालना नगरेको जनाउँदै मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । व्यवस्थापिका–संसद्को बैठक आज विहान ११ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्