प्रधानमन्त्रीले पदबाट राजीनामा दिए, राष्ट्रपति समक्ष राजीनामापत्र बुझाएको बालुवाटार स्रोतको जानकारी


९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । बालुवाटार स्रोतका अनुसार उनले राजीनामा राष्ट्रपति समक्ष राजीनामा बुझाएपछि संसदमा सम्वोधन गरेका हुन् । ‘राष्ट्रपति समक्ष प्रधानमन्त्रीज्युले राजीनामा बुझाई सक्नु भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । अविश्वासको प्रस्तावबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिखित मन्तव्य दिने क्रममा पनि ओलीले सोही कुरा बताए । उनले नयाँ प्रधानमन्त्री छनोट गर्न समस्या नहोस भनेर बाधा–अड्काउन फुकाउ आदेश पनि राष्ट्रपति समक्ष पेस गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्