प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


काठमाडौं, १८ फागुन ।  बुधबार मिर्गौलाको पुनःप्रत्यारोपण गर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सोमवार बस्ने नियमित बैठक एक दिन अघि सारेर साँझ ५ बजे बोलाइएको हो ।

बिहान बसेको सचिवालय बैठकमा बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला पुनःप्रत्यारोपणबारे छलफल भएको थियो । बुधबार हुने पुनःप्रत्यारोपणका लागि भोलि (सोमबार) देखि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुने भएका छन् ।

प्रधानमन्त्री केही दिन अस्पतालमा बस्नुपर्ने भएकाले मन्त्रिपरिषदबाट महत्वपूर्ण निर्णयहरु गरिने स्रोतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्