प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डाबारे आज संसदलाई जानकारी दिइने


काठमाडौ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि हुने चीन भ्रमणबारे संसदलाई जानकारी गराउने भएका छन। सोमवार ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन् ।
ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा तान्स हिमालय कनेक्टीभिटिलाई मुर्त रुप दिन केही महत्वपुर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

त्यसमध्ये बर्षा याममा अवरुद्ध हुदै आएका नेपाल–चीन नाका सञ्चालन गर्ने विषयमा सहमति गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वर्षाको समयमा ति नाका अवरुद्ध हुँदा सामान ढुवानी गर्न समस्या हुँदै आएको छ । त्यस्तै नेपाल चीन जोड्ने महत्वपुर्ण नाका तातोपानी नाका समेत आगामी मे महिनाबाट खुलाउने विषयमा नेपाल र चीनबीच छलफल हुनेछ ।

नेपाल र चीन जोडिएका हिल्सा, रसुवागढी, रिम्पु–तिप्लापास, दार्चुलाको टिंकर बझाङको उराइपास लगायतका नाका बर्षाको समयमा अवरुद्ध हुँदा ति नाकाबाट खाद्यन्न लगायतका सामान ढुवानीमा समस्या हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्