प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सुरु, सबै मन्त्रीहरु अस्पतालमा


काठमाडौं, २१ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण सुरु भएको हो । बिहान १० बजे उनलाई अपरेसन थियटरमा लगिएको छ । मिर्गाैला प्रत्यारोपणको प्रक्रिया करिब ६ घन्टा चल्ने चिकित्सकले जनाएका छन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण हुन लागेको हो । १३ वर्षअघि पहिलोपटक प्रत्यारोपण गरिएको थियो । भान्जि नाता पर्ने युवतीले ओलीलाई मिर्गाैला दान गर्न लागेकी हुन् ।

डा प्रेम ज्ञवालीको नेतृत्वको चिकित्सक टिमले प्रत्यारोपण गर्न लागेको हो । भारतबाट समेत एक चिकित्सक सहयोग गर्न आएका छन् ।

शिक्षण अस्पतालमा सबै मन्त्रीहरु पुगेका छन् । साथै ठूलो संख्यामा शुभेच्छुक तथा कार्यकर्ताको समेत भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्