प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखीय सुधार (विज्ञप्ती सहित)


काठमाडौ, १५ कात्तिक । केही दिनदेखि अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखीय सुधार आएको छ । त्रिभुवन विश्वविधालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखिय सुधार आएको अस्पतालले बिहीवार बिहान प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, आज बिहान गरिएका परिक्षणका रिपोर्टहरु सामान्य रहेको र प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र छिट्टै सामान्य स्वास्थ्य स्थितिमा फकर्ने उल्लेख छ । यसअघि प्रधानमन्त्री ओलीले बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र रक्षामन्त्री इश्वर पोखरेल लगायतसँग अस्पतालमा छलफल गरी अत्यावश्यक काम सुरु गरेका थिए ।

pm bigepti

प्रतिक्रिया दिनुहोस्