प्रधानमन्त्री ओलीले गरे भेरी –बबई डाइभर्सनको ‘ब्रेक थ्रु’


काठमाडौ, ३ वैशाख । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना सम्झौता अवधिभन्दा एक वर्षअघि नै निर्माणको काम सम्पन्न भएपछि मंगलबार ‘ब्रेक थ्रु’ भएको छ ।

प्रधानमन्त्री केपी ओलीले सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन थिचेर टनेल बोरिङ मेसिमन टिबिएम निकालेसँगै सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि ९कोभेक० ले टनेल बोरिङ मेसिनमार्फत् सुरुङ निर्माण गरेको हो ।

बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्