पिपलको बोट रोपेर बालुवाटार छाडे प्रधानमन्त्री ओलीले


१९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।

व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार छोडका हुन  ।

प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद दिएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटार हाताभित्र पिपलको बोटसमेत रोपेका थिए । निवास छोडेलगतै उनि व्यवस्थापिका–संसद् बैठकमा भाग लिन नयाँबानेश्वर गएका छन् ।

यसैबीच प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्नेर्हुँदा स्वतन्त्र युवा अभियानको नेतृत्वमा उनका समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट पु¥याउने तयारी गरेको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए  ।

नयाँबानेश्वरबाट ओली निवास बालकोटसम्म उहाँलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले बताए ।

बालकोट चोक र प्रधानमन्त्री ओली निवास अगाडिको चोकमा धिमे बाजासहित उनलाई भव्य स्वागत एवम् सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्