प्रधानमन्त्री ओली अमेरिका जाँदै


काठमाडौ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने भएका छन् । राष्ट्रसंघको ७३औं महासभामा सहभागि हुन उनी अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । राष्ट्रसंघ महासभाको बैठकका विभिन्न सत्रहरु आजदेखी सुरु हुदै छन् । विश्वका नेताहरुको उच्च स्तरीय सम्बोधन भने असोज ९ गतेदेखि मात्रै सुरु हुनेछ । प्रधानमन्त्री ओलीले असोज ११ गते महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । राष्ट्रसंघले महासभाका लागि यसपाली ‘राष्ट्रसंघ सवै नागरिकका लागि अपेक्षा बनाऔंः शान्त, समाज र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ भन्ने नारा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्