प्रधानमन्त्री ओली अस्वस्थ, नेकपाको चियापानमा उपस्थित हुन सकेनन्


काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका कारण नेकपाको चियापानमा उपस्थित हुन सकेनन् । चिसोका कारण उनलाई ज्वरो आएको र छातीमा संक्रमण देखिएको छ ।

नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । चिकित्सकले प्रधानमन्त्री ओलीको छातीमा संक्रमण भएका कारण आराम गर्न सल्लाह दिएकाले चियापानमा नआउनु भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए।

चियापानमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको र धपेडी समेत हुने भएकाले नजान सुझाव चिकित्सकले दिएपछि अन्तिम समयमा उनले नजाने निर्णय गरेका हुन् । उनकी पत्नी राधिका शाक्य भने चियापानमा सरिक भईन । चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्