प्रधानमन्त्री ओली चीन जादै, केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने


काठमाडौ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते छिमेकी राष्ट्र चीन भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले ओलीको चीन भ्रमणको औपचारिक जानकारी गराएको हो । भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहेको मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली छिमेकी मुलुक भारत गएका थिए ।
ओलीले बेइजिङमा नेपाल चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नुका साथै ल्हासाको भ्रमण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्