प्रधानमन्त्री ओली पूर्ण होसमा,कुरा गर्न सक्ने अवस्थामा आउन केही बेर लाग्छ: डा.ज्ञवाली


काठमाडौं, २१ फागुन । मिर्गौला प्रत्यारोपणपछि  प्रधानमन्त्री केपी शर्मा ओलीको होस खुलेको छ। उपचारमा संलग्न चिकित्सकका डा. प्रेम ज्ञवालीका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थालेका छन्।  बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो ३ बजेसम्म चलेको थियो।  शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो।  ‘अहिले उहाँले हात खुट्टा चलाउन थाल्नु भएको छ। उहाँ पूर्ण होसमा आइसक्नु भएको छ’, ज्ञवालीले भने, ‘अब उहाँ कुरा गर्न सक्ने अवस्थामा आउन केही बेर लाग्छ।’

प्रतिक्रिया दिनुहोस्