प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडौं, ३ मंसिर । नेकपामा विवाद चर्किएको बेला प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार राति प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच  प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म भेटवार्ता चलेको स्रोतले बतायो ।

यसअघि पनि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ ।

गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् । अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्