प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै


काठमाडौ, ६ असार । प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शिष्टाचार भेटवार्ता हुँदैछ । भेटवार्तामा दुई पक्षीय हितका विभिन्न विषयमा छलफल हुने बताइएको छ। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपटकको भ्रमण पहिलो प्रधानमन्त्रीकालमा चीनसँग भएका सहमति/सम्झौताहरूको कार्यान्वयन अघि बढाउनेतर्फ केन्द्रित हुने छ।’

प्रतिक्रिया दिनुहोस्