प्रधानमन्त्री ओली र प्रचण्डले गरे संयुक्त वृक्षारोपण


काठमाडौ, ३ जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा वृक्षारोपन गरेका छन । यो वृक्षारोपनलाई एकताको वृक्षारोपनको रुपमा हेरिएको छ । वृक्षारोपन कार्यक्रममा एमाले तथा माओवादी नेताहरुले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा वृक्षारोपण गरेका हुन्।
ओली र दाहालले एक एक वटा जिन्को वाइलोवा नामको विरूवा रोपेका हुन्। जिन्को वाइलोवालाई विश्वको पुरानो वनस्पति मानिन्छ। विरूवा रोपेपछि एकता संयोजन समितिको बैठक बसेको छ।

प्रतिक्रिया दिनुहोस्