प्रधानमन्त्री दाहालका विशेष दूत निधीद्धारा मोदीलाई चिठी हस्तान्तरण


का ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रुपमा भारतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आज सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री दाहालको विशेष दूतको रुपमा निधीले मोदीलाई एक चिठी हस्तान्तरण गरेका हुन् । सन्देशमा विशेषत चार महत्वपूर्ण कुराहरु उल्लेख गरिएका छन् । शनिवार सामूहिक रुपमा ३५ मिनेट र वान टु वान १५ मिनेट कुराकानी गरेका थिए ।

प्रधानमन्त्रीको सन्देशमा संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर सकेसम्म छिटो चुनावमा जाने नयाँ सरकारको प्राथमिकता रहेको बताइएको छ । विशेषत मधेशवादी दल र जनजातीको मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

दोस्रो, नयाँ सरकार भारतसँगको सम्वन्धलाई सुमधुर वनाउन आतूर छ भन्ने सन्देश दिइएको छ । विगतमा देखिएका केही असमझदारी पूर्णरुपमा हटेको सन्देश दाहालको छ ।

तेस्रो, सन्देशको रुपमा दुई पक्षीय उच्च भ्रमणलाई उच्च प्राथमिकतामा राख्ने जसका कारण दुई पक्षीय सम्बन्धले नयाँ उचाई ग्रहण गर्ने छ । चौथो सन्देशमा नयाँ सरकार विकासका परियोजनाहरुलाई अगाडी बढाउन चाहान्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्