प्रधानमन्त्री दाहालले आजै भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गरेका छन् । भारतको चार दिने राजकीय औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शुक्रबार गान्धी समाधिस्थल पुगी पुष्पहार अर्पण गरेका हुन् ।
गान्धीको समाधिमा फूलगुच्छा अर्पण गरेपछि प्रधानमन्त्री दाहालले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन् । भारतीय राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष समारोहपछि प्रधानमन्त्री दाहाल राजघाट गएका थिए ।
भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्रप्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ । भारतको स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो ।
आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
तस्बिर साभारः खिलबहादुर भण्डारीको फेसबुकबाट