प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु


११ साउन । व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड एक्ला उम्मेदवार छन् । प्रचण्डले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै सहमति र सहकार्यको राजनीति कायमै राख्ने बताएका छन् ।

बिहान ११ बजे बोलाएको  संसद बैठक एक बजे मात्र सुरुभएको हो ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच बैठक  लम्बीएका कारण सभामुखले ढिलो सुरु गरेकि हुन् । स‌ंसद बैठक तोकिएको  समयमा सुरु नभए पछि एमालेले आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्