प्रधानमन्त्री प्रचण्डलाई गणेश साहका चार सुझाव


१५ भदौ । गणेश साह नकेपा संयुक्त माक्र्सवादीका अध्यक्ष हुन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र कांग्रेस–माओवादी गठबन्धनको सरकार गठन गर्ने भूमिकामा साहको पार्टीको पनि निकै महत्वपूण भूमिका रहेको छ ।

अहिले नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा उनको पार्टीबाट एक जनाले एक मन्त्रालय समेत सम्हालेका छन् । प्रचण्ड नेतृत्वकै सरकारमा सहभागी दल नकेपा संयुक्त माक्र्सवादीका अध्यक्ष साहले वर्तमान सरकार सफल हुन कम्तिमा पनि चार कुरालाई प्रचण्डले सुझवुझपूर्ण ढंगले अघि बढाउनु पर्ने सुझाव दिएका छन् । के हुन त ? ती चार सुझाव । साहकै शब्दमाः

सुझाव नम्बर एक

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार निकै चुनौतीपूर्ण अवस्थामा निर्माण भएको हो । अहिले यो सरकारसँग पहिलो चुनौती भनेको मधेसवादी दलसँग भएको सम्झौता कार्यान्वयन गर्ने र उनीहरुलाई पनि संविधान कार्यान्वयन प्रक्रियामा सहभागी गराएर अघि बढ्ने नै हो । उनीहरुलाई संविधान कार्यान्वयन प्रक्रियामा अघि बढाउनका लागि पहिलो शर्त संविधान संशोधन हो । संविधान संशोधन एक्लै गरेर हुँदैन ।

संविधान संशोधनका लागि कम्तीमा पनि कांग्रेस, एमाले र माओवादीबीच सहमति आवश्यक छ त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि सहमतिका साथ अघि बढाउनु प्रचण्ड सरकारको पहिलो चुनौती हो । सबै दललाई सहमतिमा ल्याएर मधेसवादी दलका जायज माग सम्वोधन भएपछि संविधान कार्यान्वयन प्रक्रिया सहज ढंगले अघि बढ्न सक्छ ।

सुझाव नम्बर दुई

प्रचण्ड नेतृत्वको सरकार निश्चित समयका लागि निर्माण भएको हो । त्यसैले छोटो समयमै यो सरकारले स्थानीय तहको निर्वाचन कम्तीमा पनि सम्पन्न गर्नुपर्ने जिम्मेवारी छ । अहिले राजनीतिक दलहरुबीच बेमेलपूर्ण अवस्था छ । यस्तो अवस्थामा स्थानीय तह लगायतका निर्वाचन नहुने हुन कि भन्ने आशंका पैदा भएको छ । अहिले सरकारमा रहेका दलबीच पनि एकमत छैन । सबै दलका आ–आफ्नै माग र प्रक्रियाहरु छन् । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि विश्वासमा लिएर लिएर प्रचण्डले अघि बढ्नुको अर्को विकल्प छैन ।

सुझाव नम्बर तीन

प्रचण्ड नेतृत्वको सरकारको तेस्रो चुनौती भनेको छिमेकसँगको सम्वन्धनलाई निकै बुद्धिमतापूर्वक र कुटनीतिक ढंगले अघि बढाउनु पर्ने अवस्था छ । प्रचण्ड नेतृत्वको सरकारले नेपालका निकट छिमेकी देश चीन र भारतसँगको कुटनीतिक सम्वन्धलाई राम्रो गरी अघि बढाउन सकेन भने देश अर्को भड्खालोमा जाने निश्चित छ । अहिले नेपालमाथि भारतीयहरुको हस्तक्षेप भयो भन्ने आरोप छ ।

तर, अहिले हामीले हेर्ने हो भने नेपालमा भारतीयहरुको भन्दा पाँच गुणा बढी लगानी चाइनीजहरुको छ । अहिलेको कुटनीतिक सम्वन्ध कुटनीतिसँग मात्र नभएर व्यापारसँग पनि जोडिएको छ । यो सम्वन्धनलाई कायम राख्दै अघि बढ्नुपर्ने अर्को जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा छ ।

सुझाव नम्बर चार

कालोबाजीयाको जगगजी छ । नेपालीहरुको चाड दशैँ–तिहारले छपक्क छोप्न लागेको छ । यस्तो अवस्थामा कालोबाजीया र माफियाकरणको पञ्जामा देश गयो भने जनताप्रति नैरश्यता पैदा हुन्छ । त्यसलाई रोक्ने र खाद्यन्न वा दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति व्यवस्था गर्न सरकार चुक्नुहुँदैन । भूकम्प र बाढीपहिरोका कारण नेपाली जनता निकै प्रताडित भएका छन् । यस्तो अवस्थामा कालोबजारीया मौलायो भने नेपाली जनता सरकारको विरुद्धमा खनिने छ्न । त्यसबेला सरकार संकटमा पर्न सक्छ । यो कुरामा पनि सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्