प्रधानमन्त्री प्रचण्डले भने– ‘सरकारी कार्यालय सक्षम नभए समाजमा अराजकता’


१२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी कार्यालय सक्षम नभए समाजमा अराजकता फैलने भएकाले सरकारी कार्यालय व्यवस्थित बनाउन ध्यान दिन निर्देन दिएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयको निरीक्षणपछि सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यालयले पाउने सुविधाले नै सरकारलाई सक्षम बनाउने दाबी गरे ।

‘सरकारको प्रतिरक्षा गर्ने महान्यायाधिवक्ताको कार्यालय सक्षम बन्नुपर्छ, निरीक्षणका क्रममा यस कार्यालयमा देखिएका समस्या समाधानका लागि पहल गर्नेछु, संविधान संशोधन गरेर सम्बोधन गर्नुपर्ने विषयमा पनि सरकारले गृहकार्य गर्नेछ’ उनले भने ।

कार्यालयमा भौतिक र नीतिगत समस्या पाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समाधानका लागि सबैको सहयोगको अपिल गरे ।

कार्यालयको अवस्था कमजोर राखेसम्म सरकार पनि सवल नहुने भएकाले समाधानमा पहल गर्ने उनको भनाइ थियो ।

महान्याधिवक्ता रमणकुमार श्रेष्ठले कार्यालय अव्यवस्थित एवम् मन्त्रालयसँग समन्वय नहुँदा सरकार पक्ष रहेका धेरै मुद्दामा हार हुने गरेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्